दफा ११
उद्योग स्थानान्तरणको लागि स्वीकृति लिनुपर्ने
(१) कुनै एक ठाउँमा सञ्चालन गर्ने गरी दर्ता भएको उद्योग कुनै कारणले अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएमा सोको कारण खुलाई उद्योग दर्ता गर्ने निकायसमक्ष उद्योग स्थानान्तरणका लागि तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त हुन आएमा यस ऐन बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने भएमा सो समेत सम्पन्न गरी उद्योग दर्ता गर्ने निकायले तोकिए बमोजिम उद्योग स्थानान्तरणको स्वीकृति दिन सक्नेछ ।